वन्यजन्तु फोटोग्राफीको तेस्रो संस्करण सम्पन्न

काठमाडौँ । नेपालमा पनि अन्तराष्ट्रिय वन्यजन्तु फोटोग्राफीका लागि प्रयासको थालनी भएको छ । फोटोग्राफी कार्यशालाको तेस्रो संस्करण बुधवार बर्दियामा सम्पन्न भएको छ ।

सात दिनसम्म सञ्चालन भएको कार्यशालामा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा दैनिकजसो पर्यटकसँग आउने जाने पथ प्रदर्शक, होटल व्यवसायी, फोटा पत्रकार तथा फोटो पत्रकारिता गर्न इच्छुक स्थानीय युवालाई सहभागी गराइएको आयोजक सीमा खनालले जानकारी दिनुभएको छ ।

संरक्षणमा जागरूकता फैलाउन र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकहरुको आवागमनमा बृद्धि गर्ने उद्देश्यको साथ कार्यशाला सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

नेपाल र भारतका सहभागीहरुको सहभागिता रहेको कार्यशालामा प्रसिद्ध संरक्षक बालान माधवनले संरक्षणको नैतिकताको विषयमा जानकारी समेत गराउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here