कम्युनिष्टको बर्काे ओढेर जनतामा लुट : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीलाई कम्युनिष्टको बर्काे ओढेर जनतामा लुट गर्ने समुह भएको टिप्पणी गर्नुभएको छ ।

विप्लव पार्टीका गतिविधिलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता गतिविधि नगर्न चेतावनी दिँदै त्यस्ता कामले कम्युनिष्ट पार्टीको बदनाम हुने भएकाले सो पार्टीलाई नाम परिवर्तन गर्न सुझाव दिनुभयो ।

शुक्रवार राजधानीमा आयोजित सिके रावतसँगको सहमति गर्ने कार्यक्रममा उहाँले भन्नुभयो, “शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी पूरा गर्न बम पड्काउने, टुट्ने र घरमा बन्दुक राख्नेहरुलाई सरकारले खानतलासी गरी कारवाही गर्छ ।”

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here