मुलुकी संहिता संशोधनसम्बन्धी विधेयक पारित


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ लाई बहुमतले पारित गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सोसम्बन्धी प्रस्ताव राख्नुभएको थियो ।

विधेयकमाथिको छलफलका क्रममा सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री ढकालले जनताको दैनिकीसँग जोडिएका कानूनमा भएका जटिलता फुकाउन सरकार सधैँ सकारात्मक रहेको धारणा व्यक्त गर्नुभएको थियो । छलफलमा प्रेम सुवाल, पुष्पा भुसाल, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here