मर्मत नभएपछि विद्युत उत्पादन तीन गुणाले कम

काठमाडौँ । पनौती जलविद्युत् आयोजनाको नियमित मर्मत सम्भार हुन नसकेपछि उत्पादन तीन गुणाले घटेको छ । आयोजनाको तीन वटा टवाईन मेसिन मध्ये हाल एउटा मात्र चालु अवस्थामा रहेको छ ।

तत्कालीन सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको पनौती विद्युत गृह ३१ असार २०२२ बाट सञ्चालनमा आएको थियो । विद्युतगृह अहिले जिर्ण अवस्थामा सञ्चालन भइरहेको छ ।

जलबिद्युत आयोजना केन्द्रका प्रमुख शिव थापाले आयोजनाको कूल क्षमता २ दशमलव ४ मेगावाट भएपनि सोही परिणाममा विद्युत् उत्पादन हुन नसकेको हो ।

प्रमुख थापाका अनुसार गत वर्ष एउटा टर्वाइन मर्मत भएको र अर्को टर्वाइन पनि मर्मत गर्नु पर्ने अवस्थामा पुगेकोछ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here