राप्तीको ‘बगासोती’ गाउँ धुवाँरहित

दाङ । दाङको राप्ती गाउँपालिका–१ बगासोती गाउँ धुवाँमुक्त भएको छ । उक्त गाउँका सबै घरमा सुधारिएको चुलो निर्माण गरिएपछि गाउँलाई धुवाँमुक्त घोषणा गरिएको हो ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बगासोती गाउँका सबै घरमा सुधारिएको चुलो निर्माण गरिएको जानकारी दिनुभयो । जनताको स्वास्थ्यलाई ध्यानमा राखेर अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । उक्त गाउँमा सबै घरमा खाना पकाउनका लागि दाउराको प्रयोग गर्ने गरेकाले सो अभियान थालिएको हो । राप्ती गाउँपालिका, विकास कोष नर्वे र नामसालिङ विकास केन्द्रको संयुक्त पहलमा बगासोतीमा घरभित्रको धुवाँरहित गाउँ घोषणा गरिएको हो ।

धुवाँमुक्त गाउँ घोषणासँगै धुवाँका कराण लाग्ने विभिन्न रोगबाट बच्न सकिने अध्यक्ष सुवेदीले बताउनुभयो ।

सौर्य खानेपानी

उक्त गाउँमा सौर्य खानेपानीसमेत शुरु भएको छ । त्यहाँ खानेपानीको समस्या भएकाले त्यसलाई अन्त्य गर्न गाउँपालिका, विकास कोष नर्वे र नामसालिङ विकास केन्द्रको संयुक्त आयोजनामा सौर्य खानेपानीको उद्घाटन गरिएको हो । नजीकमा खानेपानीको मुहान नभएपछि गाउँदेखि टाढाको मुहानबाट सोलारमार्फत गाउँमा खानीपानी ल्याइएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

गाउँका ३१ परिवारलाई प्रशस्त पुग्ने गरी सौर्य ऊर्जाको प्रयोगबाट लिफ्टिङमार्फत खानेपानी ल्याइएको हो । दुई ट्याङ्की निर्माण गरिएको छ । सो क्षेत्रमा बाटो निर्माण, विद्यालय सुधार, जलवायु परिवर्तन अनुकूलन, टनेल निर्माण, तरकारी खेती, गोठ सुधार, धुवाँरहित घर कार्यक्रम, घरबास ९होमस्टे० लगायतका कार्य सञ्चालनमा रहेको अध्यक्ष सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here