इञ्जिनीयरकै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कार्यरत इञ्जिनीयर प्रदीपकुमार यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ ।

इलेक्ट्रिसिटी सहायक पदमा नियुक्त भएका यादवले इञ्जिनीयर पदमा बढुवा हुने प्रयोजनका लागि पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रणको कार्यालय, कास्कीबाट जारी भएको स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको आयोगले जनाएको छ । आरोपी यादवलाई कारवाहीको माग गर्दै आयोगले आज मुद्दा दर्ता गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै आयोगले आजै युवक उच्च माध्यमिक विद्यालय, जोगीगाउँ, बर्दियामा कार्यरत उच्च माध्यमिकअन्तर्गत लेखा विषयका शिक्षक वीरबहादुर थारूको स्नातकोत्तर तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here