रेमिट्यान्स बीस प्रतिशत वृद्धि

काठमाण्डौं । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको दश महिनामा विप्रेषण ९रेमिट्यान्स० करीब २० प्रतिशतले वृद्धि भएको छ ।

बैंकले सार्वजनिक गरेको चालू आवको दश महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा विप्रेषण आप्रवाह १९ दशमलव ६ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।

बैंकका अनुसार दश महिनामा रु सात खर्ब २५ अर्ब ३० करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव ३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय १९ दशमलव ४ प्रतिशतले वृद्धि भई रु आठ खर्ब २६ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शून्य दशमलव एक प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण० का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३८ दशमलव ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या छ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने समीक्षा अवधिमा ५ दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई दशमलव दुई प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here