हात्ती दिवस मनाइयो

भरतपुर । विश्व हात्ती दिवस चितवनको सौराहामा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । सौराहामा रहेका विभिन्न सङ्घसंस्थाको आयोजनामा सो दिवस मनाइएको हो ।

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था, मृगकुञ्ज उपभोक्ता समिति, बाघमारा, कुमरोज र चित्रसेन मध्यवर्ती सामुदायिक वन, क्षेत्रीय होटल सङ्घ, रेष्टुरेन्ट एण्ड बार (रेवान) लगायतको संयुक्त आयोजनामा हात्ती दिवस मनाइएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषी तिवारीले जानकारी दिनुभयो । हात्तीका अधिकारका विषयमा सचेत छौँ भन्ने सन्देश विश्वभर दिन कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

हात्ती जमिनमा बस्ने सबैभन्दा ठूलो प्राणी हो । बासस्थानको अभावले विश्वबाट हात्तीको विनाश हुनसक्ने भन्दै नागरिकलाई चेतना फैलाउन क्यानडाबाट हात्ती दिवस मनाउन शुरु गरिएको थियो । सौराहाबाट ¥यालीसहित बाघमारा सामुदायिक वनको चौरमा पुगेर हात्तीलाई वनभोज खुवाइएको थियो । प्रायः सबै दिन पर्यटकसँग सफारीमा रम्ने हात्ती दिवसका दिन वनभोजमा रमेका थिए ।

हात्तीलाई मनपर्ने उखु, फर्सी, स्याउ, सुन्तला, गाजर, हरियो घाँसलगायतका परिकार खुवाइएको थियो । चितवनमा निजी क्षेत्रका ७० र चितवन राष्ट्रिय निकुञ्जका विभिन्न पोष्टमा ६१ हात्ती छन् । त्यसबाहेक चितवन र पर्साको चुरे क्षेत्रमा ३० देखि ४० जङ्गली हात्ती रहेको अनुमान गरिएको छ । नेपालमा हात्तीको यकिन तथ्याङ्क भने छैन ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here