सुत्केरीको मृत्यु, श्रीमान बिदेश, पांच वर्षको बच्चाको बिचल्ली

बाजुरा । बाजुरा जिल्ला अस्पतलामा एक जना सुत्केरीको मृत्यु भएको छ ।

बडिमालिका नगरपालिका ६ जिल्लीकी कृष्ण नेपालीकी २१ वर्षीया श्रीमती बसन्ती नेपालीको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यलय प्रमुख रोहित गिरीले बताए ।

पाठेघर र सालको बिचमा रगत बगेको थियो, बच्चा जन्मिएसंगै साल र नाल छुटिनु पर्ने अवस्था नभएर बच्चा नजन्मिँदै पेटमै छुटिँदा बच्चा पाठेघरमा हुने पनि आमाको रगतसंग मिसिएर मुटु र फोक्सोमा गएर स्वास फेर्ने नलिनै बन्द भएकोले मृत्यु भएको हुन सक्ने जिल्ला अरुपताल बाजुराका एमडिजीपी डाक्टर दुर्गा महर्जनले बताए ।

स्वास्थ्यकर्मीले साउन २६ गतेदेखि २ गतेसम्म सुत्केरी हुने मिति तोेकेको र दुई गते जिल्ला अस्पताल आएर वाडमा भर्ना हुनुपर्ने भनेर पठाएको र वाडमा भर्ना नभएर घर गएको र ढिलो गरी अस्पताल आएकोले यस्तो समस्या आएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताए ।

शुक्रबार साझ भर्ना गरेर सुत्केरी बेथा नलाएपछि सनीबार बिहान बेथा लगाउने औषधिको प्रयोगले बेथा लगाए थियो । बेथा लागेपनि बिचमै रोकिए पछि भ्याकुम डेलिभरी गराएर मृत शिशु जन्माएको थियो । शिशु जन्मेको केही एक घण्टासम्म आमाको अवस्था राम्रो रहेको र एक्कासी स्वास्थ्यमा समस्य आएर मृत्यु भएको निमित्त कार्यलय प्रमुख रोहित गिरीले बताए ।

अस्पतालमा मृत्युपछि मृत्तका आफन्त प्रेम नेपालीले समस्या यस्तो हुदैछ भनेर समयमै खबर नगरेकोले मृत्यु भएको बताए । ‘समयमै जानकारी गराए अन्य ब्यबस्था गरेर सुबिधासम्मपन ठाउमा जान सकिने थियो की’, प्रेमले भने ।

सुत्केरी महिलासंग छ प्वाईन्ट रगत थियो । दुई वाईन्टको लागी महिलाका आफन्तलाई खवर गरेको थियो । मृत्तक महिलाका आफन्त माईती पक्षका भाई काठमाण्डौबाट नआउन्जेल शव जिल्ला अस्पतालबाट नबुझने बताइएको छ । राजधानीका अनुसार मृतक महिलाका श्रीमान रोजगारीको लागि कुबेत छन् भने पाँच वर्षका छोरा बिचल्लीमा परेका छन् । बाजुरा जिल्ला अस्पतालमा सुत्केरी मरेको यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here