राजीनामा आयो महराको

काठमाडौँ । बलात्कारको आरोप लागेर सर्वत्र आलोचित भएको संघीय संसदका सभामुख कृष्णबहादुर महराले अन्ततः सभामुख पदबाट राजीनामा दिएका छन् ।

आइतबार साँझ संसद सचिवालयमै काम गर्ने एक महिला कर्मचारीले महरामाथि बलात्कार आरोप लगाएकी थिइन्।

उनीमाथि चौतर्फी दबाब आएपछि उनले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सम्बोधन गरी मंगलावार दिउँसो राजीनामा पत्र बुझाएका हुन्।

संविधान र प्रतिनिधिसभा नियमावली २०७५ अनुसार सभामुखले उपसभामुख समक्ष राजीनामा दिनुपर्ने हुन्छ।

नियमावलीको दफा २११ मा सभामुखले उपसभामुख समक्ष लिखित राजीनामा दिनुपर्ने नियम छ।

सोमबार साँझ उनको सचिवालयले भने घटनाबारे अस्वीकार गर्दै विज्ञप्ति निकालेको थियो।

ती कर्मचारीका अनुसार आइतबार राति महरा आफ्नो डेरामा आएर मदिरा सेवन गरेको र पछि जबरजस्ती करणी गरेको आरोप लगाएकी छन्।

महराले आफ्नो कोठामा आएर पनि मादिरा सेवन गरेको र आफूलाई जबर्जस्ती करणी गरेको महिलाले दावी गर्दै आएकी छन्। उनले आफूमाथि हातपात गरेको आरोप पनि लगाएकी छन्।

ती महिलाका अनुसार महराले मुक्का समेत प्रहार गर्दा निलडाम पनि परेका छन् ।

आफूमाथि जबर्जस्ती करणी भएको कुरा ती महिला कर्मचारीले नेकपाका महिला नेतृहरु ओनसरी घर्ती र पम्फा भुसाललाई टेलिफोन र म्यासेज गरेर जानकारी गराएको बताएकी छन्। आफ्ना श्रीमान काम विशेषले उपत्यका बाहिर गएका बेला महराले यस्तो हर्कत गरेको उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here