धनगढी: धनगढीमा कोरोना संक्रमित बिरामीका परिवारका सदस्यको शनिबार स्वाब संकलन हुँदैछ। अहिले परिवारका सबैजनालाई सेती प्रदेशिक अस्पताल आएका उनीहरुको स्वाब संक लन भइरहेको कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिएका छन्।
परिवारमा बुवा, आमा, दाजु भाइजु र भतिजी, श्रीमती र छोरी गरी ७ जना छन् । उनीहरुलाई सेती प्रादेशिक अस्पताल ल्याएइ स्वाब संकलन भइरहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महशाखाका प्रमु नरेन्द्र कार्कीले बताए । परिवारका सदस्यको स्वाब संकलन भइरहेको छ। त्यसका लागि एक समिति नै गठन भएको छ, कार्कीले भने। उनले त्यो समितिले उनको आवागमनको हिस्ट्री पनि तयार पार्ने बताए ।
चैत ६ गते दुबईबाट काठमाडौं पुगेका धनगढीका ती युवा, विराटनगरका एक साथीसँगै काठमाडौं पुगेको बताइएको छ । एकै विमानमा काठमाडौं आएका उनीहरुमध्ये, विराटननगरका युवा उता लागेको र यिनी धनगढी आएको बुझिएको छ । धनगढीका लागि सिधै जहाजको टिकट नपाएपछि चैत ८ गते दिउँसो बुद्ध एयरको विमानबाट नेपालगञ्ज आएको प्रहरीले बताएको छ । नेपालगञ्जबाट पनि उनी हाइसमा धनगढी आएका हुन् ।
ती युवाको परिवारका सदस्य र अन्य आफन्तसँग पनि भेटघाट भइसकेको प्रहरीले जनाएको छ । उनलाई कोरोनाका जस्तै लक्षण देखिएपछि महेन्द्रनगरमा रहेका एकजना आफन्त युवकले चैत ११ गते धनगढीस्थित सेती प्रादेशीक अस्पताल पुगाएका थिए।
ती युवकसँग पनि सम्पर्क भइसकेको र उनी आजै महेन्द्रनगरबाट धनगढीस्थित प्रादेशीक अस्पताल आउनेछन्, डीएसपी बस्नेतले भने । काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरका यात्रुहरुको पनि एयरलाइन्सले नै खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
बुद्ध एयरले त्यो उडानका यात्रु खोजिरहेको छ। आफन्तले नेपालगञ्जबाट आएको हाइस गाडीको पनि खोजी गरिरहेका छन् ,डीएसपी बस्नेतले भने । चैत ११ गतेदेखि सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा रहेका धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय युवालाई कोरोना संक्रमण देखिएको भन्दै शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिएका थिए ।
अन्नपुर्णका अनुसार सेती अञ्चल अस्पतालमा रहेका उनको अवस्था खतरामुक्त रहेको अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए । सेती अञ्चल अस्पताल र सुदूरपश्चिमका विभिन्न जिल्ला अस्पतालबाट अहिलेसम्म २७ जनाको कोरोना जाँच गरिएको छ । ती मध्ये १३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एकजनामा संक्रमण देखिएको छ । १३ जनाको अझै रिपार्ट आउन बाँकी छ ।
फोटो: सेतोपाटी





































