स्थास्थ्यकर्मी धनी र गरिव देशका बराबर : विश्व स्वास्थ्य संगठन

जेनेभा : कोभिड १९ महामारी विरुद्ध जुटिरहेका स्वास्थ्यकर्मीहरुका लागि रक्षात्मक उपकरणको अभाव सबैभन्दा ठूलो खतरा रहेको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

‘विश्वव्यापी रुपमा पीपीईको अभाव जीवन बचाउन हाम्रो सामुहिक क्षमताका लागि सबैभन्दा जटिल खतरामध्ये एक हो,’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम घेब्रेससले भनेका छन् ।

टेड्रोसले भनेका छन्, ‘न्युन र मध्यम आय भएका मुलुकका स्वास्थ्यकर्मी पनि धनी देशका स्वास्थ्यकर्मी जत्तिकै सुरक्षाका लागि योग्य छन् ।’ टेड्रोसका अनुार डब्लूएचओले ७४ देशका २० लाख स्वास्थ्यकर्मीलाई पीपीई पठाएको छ । साथै उत्तिकै संख्यामा अन्य ६० देशमा पनि पठाउने तयारी थियो ।

तर यो समस्या अन्तर्राष्ट्रिय सहकार्य र ऐकवद्धताबाट मात्रै समाधान हुने उनको भनाइ छ । साथै उनले जी २० मुलुकहरुलाई जीवनरक्षाका लागि आफ्नो औधोगिक शक्ति र आविष्कार प्रदर्शन गरी आवस्यक उपकरण उत्पादन र वितरण गर्न आग्रह गरेका थिए । यसवाहेक भावी पुस्ताका लागि आफूहरुले वाचा गर्नुपर्ने पनि टेड्रोसको भनाइ थियो ।

कोरोना भाइरसको महामारीबाट विश्वभर २५ हजार भन्दा धेरैको मृत्यु हुनुका साथै ५ लाख भन्दा धेरै संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठन सहित शक्तिशाली देश समेत यसको रोकथाम गर्न सफल भएका छैनन् ।

‘हामी यो लडाइँको सुरुवातमा मात्रै छौँ । हामी शान्त रहनुपर्छ, एकीकृत हुनुपर्छ र सँगै काम गर्नुपर्छ,’ टेड्रोसले भनेका छन् । यसैबीच उनले उपचार भइसकेका एक लाख भन्दा धेरै मानिसहरुलाई सम्झन पनि आग्रह गरे । उनले कम्तिमा १८ महिनामा खोप विकास भइसक्ने पनि जानकारी दिए । यसका लागि नर्वे र स्पेनले यही शुक्रबार परीक्षण गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here