ऋणको साँवा र ब्याज असार मसान्तसम्म बुझाए हुने

काठमाडौँ । विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले नेपाली समाज पनि प्रभावित भइ रहेका बेला सरकारले बैक तथा वित्तीय संस्थाको ऋण लिएका व्यक्तिलाई राहतको प्याकेज सार्वजनिक गरेको छ ।

कोरोना भाइरसका कारण मुलुक नै लकडाउनमा रहेका बेला नेपाल राष्ट्र बैंकले ऋणीलाई राहत दिने निर्णय गरेको छ।

व्यापारव्यवसाय नै ठप्प भएपछि राष्ट्र बैंकले ऋणको साँवा ब्याज तिर्ने भाका बढाइदिएको हो । राष्ट्र बैंकले आइतबार १९ बुँदे सर्कुलर जारी गर्दै चैतसम्ममा तिर्नुपर्ने कर्जा असारमा बुझाएमा हर्जाना नलाग्ने निर्णय गरेको हो।

यद्यपि, चैतभित्रै ऋणको साँवा र ब्याज तिरेमा ऋणीले चैत महिनामा भुक्तानी गर्नुपर्ने मासिक त्रैमासिक ब्याजको रकममा १० प्रतिशत छुट पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here