बैतडी । पौडी खेल्ने क्रममा महाकाली नदीमा बगेर बेपत्ता भएका बैतडीका एक युवक ६ दिनपछि जिहो मंगलवार मृत अवस्थामा फेला परेका छन् । बिहीवार दशरथचन्द नगरपालिका–१० बुड्डाका २२ बर्षीय सौरभ चन्द नन्तडी भन्ने स्थानवाट पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
साथीहरुसँग पिकनिक गएका बेला महाकाली नदीमा पौडी खेल्न गएका र पौडी खेल्ने क्रममा युवक बगेर बेपत्ता भएका हुन् । सौरभको शव बगेको स्थानभन्दा ३ किलोमिटर तल तडीगाउँ भन्ने स्थानमा फेला परेको स्थानीय उत्तम चन्दले जानकारी दिए । भारतीय नागरिक दीपक चन्दले माछा मार्ने क्रममा उनको जालमा सौरभको शव परेको उनले बताए ।
यसअघि बेपत्ता सौरभको खोजीका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी पनि परिचालन गरिएको भएपनि फेला पर्न सकेको थिएन् । राजधानीका उनको अन्तिम दाहसंस्कार पनि मंगलवार नै गरिएको छ ।
फोटोः राजधानी