मन्त्री भट्टको निर्देशन पछि आयल निगमले दियो ५० करोड

काठमाडौँ । नेपाल आयल निगमले कोरोना रोकथामका लागि सरकारी कोषमा ५० करोड रुपियाँको योगदान गरेको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको निर्देशनमा निगमले यो रकम सरकारी कोषमा हस्तान्तरण गरेको हो ।

सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ जम्मा गरिएको निगमले जनाएको छ ।

मन्त्री भट्टको निर्देशन पछि निगमको सञ्चालक समितिको बैठकले सरकारी कोषमा ५० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो ।

निगमले ५० करोड रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here