काठमाडौँ । हात्ती सफारीका लागि प्रसिद्धि कमाएको चितवनमा हात्ती पालक नीजि व्यवसायीहरुले लकडाउनका समयमा हात्तीलाई चाहिने घाँस सरकारले उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।
लकडाउनसगैँ हात्तीको लागि पोसिलो खाना अभावपछि हात्ती संरक्षणका लागि पनि निकुञ्जले हात्तीका लागि सहज रुपमा घाँस उपलब्ध गराउनुपर्ने स्थानीय व्यवसायी ऋषि तिवारीले भने ।
कोरोनाको लकडाउनसगैँ पर्यटन क्षेत्र ठप्प बनेपछि यहाँ हात्तीलाई खुवाउने दाना अभाव भएसगैँ निकुञ्जबाट पोसिलो घाँसहरु उपलब्ध गराउन व्यवसायीको माग राखेका हुन् । हामी निकुञ्जबाट घाँस दिनुपर्छ भनेर धेरै पहिलेदेखि माग राखेका थियौँ उनले भने, हात्तीमैत्री सौराहा, र हात्ती विना सौराहाको कल्पना पनि गर्न सकिदैन् भनेर यसको संरक्षणसगैँ विभिन्न गतिविधि हामी गरेकै कारण पर्यटनमा नयाँ आयम थियो, तर अहिले त हात्ती अधिकारकर्मी समेत बोल्दैन् ।
एउटा हात्तीलाई दैनिक २ सय ५० किलो खाना आवश्यक पर्ने जानकारी दिदै लकडाउनका कारण आवश्यक दाना लिन नपाउन हात्ती दुब्लाउनेको भन्ने चिन्ता व्यवसायीलाई परेको क्षेत्रिय होटल संघका अध्यक्ष दिपक भटर्रराईले बताए ।
हरियो घाँस मात्र दिए । पनि जोगाउन सकिने थियो उनले भने, तर हामी मानव र वन्यजन्तु द्धन्द्ध कम गर्न सञ्चालन गरेको हात्ती महोत्सवको विरोध गर्ने अहिले दुलामा पसे । चिन्ता त हामीलाई छ नि ! हात्तीको दिगो संरक्षणका लागि सरकारीस्तरबाट भेटेरिनरी डाक्टर, निकुञ्जबाट घाँसको उपलब्धता र बिमाको व्यवस्था गर्नुपर्ने व्यवसायीहरुले माग राख्दै आएका छन् ।
सौराहामा अहिले सौराहामा ७० वटा नीजि हात्तीहरु रहेका छन् । यि हात्ती हात्ती सफारीका लागि प्रयोग हुदै आएका थिए । एसियाली र अफ्रिकी गरी जम्मा दुई प्रजातिका हात्तीमात्रै हाल पृथ्वीमा रहेका छन् । एसियाली हात्ती नेपाललगायत एसियाका १३ देशमा करिब ३५ देखि ५० हजार छन् भने अफ्रिकी हात्तीको संख्या करिब ४ लाख छ ।