अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोना नेगेटिभ

काठमाडौँ । विश्वका शक्तिशाली व्यक्ति अमेरिकी राष्ट्रपति ट्रम्पले दोस्रो पटक कोरोना परीक्षण गराएका छन् । दोस्रो पटक रगत परीक्षण गर्दा रिजल्ट नेगेटिभ आएको ह्वाइट हाउसले जनाएको सिएएनले बताएको छ ।

सिएनएनका अनुसार यस अघि ट्रम्पले आफ्ना नीजि चिकित्सकको सल्लाह अनुसार पहिलो पटक कोरोना परीक्षण गराका थिए । त्यस बेला रिजल्ट नेगेटिभ आएको थियो ।

आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै आएको अमेरिकाले ट्रम्पको १५ मिनेटभित्रै रगत परीक्षणको रिजल्ट दिएको र उनी तत्काल काममा निस्केको पनि समाचार संस्थाहरुले जनाएका छन् ।

कोरोना भाइरसबाट अमेरिकामा दुई लाख भन्दा बढी व्यक्ति संक्रमित भइरहेका छन् भने पाँच हजार भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । विश्वका १८० भन्दा बढी मुलुकमा १० लाख भन्दा बढी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । यो क्रम तीब्र दरमा वृद्धि भइरहेको छ भने निको हुने भन्दा मर्नेको दर पनि वृद्धि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here