सम्पतलालले बाँडे गरिवलाई खाद्यन्न

धनगढी । कोरोना भाइरसका संक्रमणलाई निस्तेज पार्न देशभर लकडाउन भइरहेका बेला कैलाली जिल्लामा गरिव, विपन्न तथा दैनिक ज्यालादारी गरेर खाने वर्गको सहयोगका लागि सहयोगी हातहरु दिनप्रतिदिन बढी रहेका छन् ।

जिल्लाको भजनी क्षेत्रमा रहेका गरिव, विपन्न परिवारलाई धनगढीका समाजसेवी तथा व्यापारी सम्पतलाल छाजेड तथा गेटास्थितका बालाजी राइसमिलका प्रदीपकुमार बैदले खाद्यन्न सहयोग गरेका छन् ।

भजनी नगरपालिका कार्यपालिका सदस्य कमला ज्ञवालीको समन्वयमा नगरपालिकाले वितरण गरेको छ । सहयोगी सम्पतलाल र प्रदीपकुमारले सो क्षेत्रका गरिव विपन्न परिवारका लागि ५४० कठ्ठा चामल सहयोग भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here