कैलाली र कञ्चनपुरमा देखियो दुई जनासहित थप तीन जनामा कोरोना

धनगढी । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ । यो जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।

त्यस्तै यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त एक जना महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here