बेलायतका प्रधानमन्त्री अस्पताल भर्ना

काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन् ।

आइतवार साँझ उनलाई ूलक्षणहरू उस्तैू देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको बिबिसिले जनाएको छ ।

उनको उपचारमा संलग्न चिकित्सले अस्पताल भर्ना हुनुलाई सावधानीको रुपमाू चालिएको कदम दावी गरेका छन् । उनका चिकित्सले भने कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको हो।

उनको उपचारका लागि अस्पतालमा सबै व्यवस्था चुस्त बनाइएको अस्पतालले जनाएको छ ।

सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमवार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने बताइएको छ ।

प्रधानमन्त्री कार्यालयकी प्रवक्ताले थपिन्स् प्रधानमन्त्रीले राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका सबै कर्मचारीहरूलाई उनीहरूको कडा परिश्रमका लागि धन्यवाद दिएका छन् र सर्वसाधारणलाई घरभित्रै सुरक्षित बस्न सरकारले दिएको सुझाव मान्न पनि भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here