किन झपारे रमेश लेखकले स्वास्थ्य मन्त्रीलाई ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण बढ्दै गएको तर संक्रमण नियन्त्रण गर्न भइरहेका सरकारी प्रयास पर्याप्त नभएको भन्दै चर्काे आलोचना गरेका छन् ।

नेता लेखकले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग टेलिफोन सम्पर्क गरी सुदूरपश्चिममा कोरोना संक्रमणको अवस्था निकै जर्जर हुन थाल्दा समेत सरकारले खासै ध्यान दिन नसकेको भन्दै गुनाशो व्यक्त गरेका छन् ।

पूर्व मन्त्री समेत रहेका नेता लेखकले स्वास्थ्य मन्त्री ढकाललाई भारतबाट सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई क्वारेन्टाइनमा राख्न नसक्नु र सिधै घर घर सम्म जान दिएका कारणले सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमण बढ्ने संकेत देखा परेको विषय राखेका थिए ।

सम्बादका क्रममा स्वास्थ्य मन्त्री ढकालले सुदूरपश्चिम प्रदेश सरकारले सीमा क्षेत्रमा भेला भएका नेपालीलाई क्वारेन्टाइनमा नराखी सिधै घरसम्म पठाएकोले त्यो विषयमा सुदूरपश्चिम प्रदेश सरकार बढी जिम्मेवार भएको कुरा राख्दै गर्दा नेता लेखकले जिम्मेवारबाट पन्छिन खोजेको भन्दै झपारेका छन् ।

नेता लेखकले भनेको छन्, जता पनि नेकपाकै सरकार छ, अनि यताको सरकार जिम्मेवार नहुने त्यतैको सरकार जिम्मेवार हुने भनेर पन्छिन पाइन्छ ? यो विषय आम जनताको होइन, सरकार जसको भएपनि जिम्मेवारी लिने कुरामा तपाई पन्छिन पाउनुहुन्न भन्दै झपारेपछि स्वास्थ्य मन्त्री ढकालले त्यो कुरा मैले रियलाइज गरे भनेर फोन काटेको कुरा लेखकको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसका नेता लेखकले हिजोका दिनमा सरकारले गरेको गल्ति अब नदोहोर्याउन पनि चेतावनी दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँले स्वास्थ्य मन्त्री ढकालसँग कोरोनाका जटिल समस्या सुदूरपश्चिम देखिन थालेपनि सरकारको ध्यान सुदूरपश्चिमा जान नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

नेता लेखकले सामाजिक सञ्जालमा पनि सरकारले चर्काे आलोचना गरेका छन् । उनले भनेका छन्, हिजो सीमा क्षेत्रमा देखाउनुपर्ने सर्तकता सरकारले अपनाउन सकेन । पछिल्ला दिनमा पनि जुन तयारी र सक्रियता देखिनुपर्ने हो, सुदूरपश्चितिर वर्तमान सरकारले खासै ध्यान दिएको छैन । बरु अरु अरु विषयमा सरकार रुमलिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here