बढ्यो आरक्षभित्रको काठ तस्करी

काठमाडौँ । कोशी टप्पु वन्यजन्तु आरक्षभित्रबाट तस्करी गरेर लिन थालेको खयरको काठ नेपाली सेनाले पक्राउ गरेको छ ।

देशभर लकडाउनको समयावधि चलिरहेका बेला दाउरा संकलन गर्ने नाउँमा आरक्ष भित्र प्रवेश गरी खयरको काठ तस्करी गर्न थालेको अवस्थामा गस्तीमा गएको नेपाली सेनाको टोलीले १३ जना व्यक्तिलाई पक्राउ पनि गरेको छ ।

आरक्षमा कार्यरत शत्रुभन्ज गुल्मका अनुसार दर्जन भन्दा बढी खयरको रुख ढालेर बाहिर लिन थालेको अवस्थामा ती व्यक्तिलाई पक्राउ गरिएको छ ।

गुल्मपति सेनानी रामचन्द्र श्रेष्ठका अनुसार ती व्यक्तिले सात फिट लम्बाईका खयरका लठ्ठाहरु काटेर लिन थालेको गस्तीले भेटाएपछि पक्राउ गरिएको हो ।

यही अवधिमा विना इजाजत आरक्षभित्र प्रवेश गरी दाउरा, स्याउलासोत्तर, घाँस काट्दै गरेको २३ जना महिलालाई पनि पक्राउ गरिएको छ । ती व्यक्तिबाट बन्चरो, हसियाँ तथा धारिलो अरु हतियार पनि बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here