काठमाडौँ । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारी कोषमा दुई लाख रुपियाँ सहयोग गरेको छ ।
बिहीवार नेपाल सरकारद्धारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सो रकम प्रदान गरिएको हो । महासंघका वरिष्ठ उपाध्यक्ष जगतनारायण महर्जनको नेतृत्वमा गएको पदाधिकारी सहितको टोलीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सहसचिवलाई सो रकमको चेक हस्तारण गरेको कुरा महासंघका उपाध्यक्ष भूपेन्द्र चौलागाईले नेपालकथालाई बताएका छन् ।

कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि एकद्धार प्रणाली अन्तर्गत सहयोग संकलन गर्ने उद्धेश्यका साथ नेपाल सरकारले एउटा कोष खडा गरेको छ । सोही कोषमा देशभरका काठ उद्योगसँग सम्बन्धित व्यवसायीको छाता संगठनका रुपमा रहेको महासंघले यो सहयोग गरेको हो ।