डब्लू एच ओको ४० करोड डलर भन्दा बढी रोक्का

वासिङ्टन — अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई कोरोना सम्बन्धी लापरवाही गरेको, सही ढंगले व्यवस्थापन गर्न नसकेको र चिनको सुचनालाई सहयोग गरेको भन्दै दिँदै आएको आर्थिक सहयोग रोक्ने जनाएको छ ।

‘कोरोना भाइरस संक्रमण फैलने विषयलाई एकदमै नराम्रो ढंगले व्यवस्थापन गरेको र त्यसलाई ढाकछोप गरेको विषयमा समीक्षा भइरहँदा आर्थिक सहयोग रोक्न म आफ्नो प्रशासनलाई निर्देशन दिँदैछु,’ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले बताए। उनले डब्लूएचओलाई जबाफदेही बनाउनुपर्नेमा समेत जोड दिएका छन्।

डब्लूएचओलाई अमेरिकाले सबैभन्दा धेरै आर्थिक सहायता उपलब्ध गराउँछ। गत वर्ष उसले ४० करोड डलर सहयोग दिएको थियो, जुन डब्लूएचओको कुल बजेटको १५ प्रतिशत रकम हो।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here