प्रदर्शन नगर्न पाकिस्तानी प्रधानमन्त्री इमरानको आग्रह

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विपक्षीहरुले लाहोरमा निकाल्ने भनेको जुलुश हालका लागि रोक्न आग्रह गर्नुभएको छ ।
पाकिस्तानमा कोभिड १९ को असर अझै धेरै मात्रामा देखिएकोले देशमा ठूलो संख्यामा जुलुश निकाल्दा यसबाट कोभिडको संक्रममण बढ्ने भन्दै सो जुलुश ननिकाल्नका लागि आग्रह गर्नुभएको हो ।

पाकिस्तानमा वर्तमान सरकारका विरुद्धमा आन्दोलन गर्न विभिन्न ११ वटा विपक्षी दलहरु लागेका छन् । उनीहरुले यही डिसेम्बर १३ मा पाकिस्तानको लाहोरमा विशाल जुलुश निकाल्ने तयारी गरेका छन् ।

यसअघि देखि नै सरकारले सो नारा जुलुश र सरकारका विरुद्धमा हुने भनिएको विरोध प्रदर्शनको कामलाई रोक्नका लागि पटक पटक आग्रह गर्दै आएको यहाँका सञ्चारमाध्यमले बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री खानले नै हालैमात्र सरकारले यहाँका अस्पतालका कम्तीमा पनि ६४ प्रतिशत अस्पतालका बेडहरु कोरोना भाइरसका विरामीहरुलाई भनेर छुट्याइएकोमा अहिले ती सबै भरिएका र कोरोना भाइरसको दोस्रो वेभका कारण यहाँ निकै समस्या परेको बताउनुभएको छ । अर्का तर्फ यहाँका विपक्षी राजनीतिक दलहरुले भने गएका केही महिनादेखि नै सरकारका विरुद्धमा आन्दोलनलाई जारी नै राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here