गोठमै पसेर चितुवाले गाई गोरु खान थालेपछि

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका बासिन्दा दिनभरी वनजंगल चराएर साँझ गोठमा पशुवस्तु बाँध्छन् । तर भोलिपल्ट गोठमा गाई गोरु जिउँदो भेटिदैन । कि त गाई गोरु लछारेर पर खेतमा पुर्याएको हुन्छ कि त आधा भाग शरिर मात्र भेटिन्छ ।

चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि निकै चिन्तित भएका छन् । गाउँजजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थाले पनि यहाँका बासिन्दा वन संरक्षण के का लागि भनेर प्रश्न गर्न थालेका छन् । स्थानीय परदेशी चौधरीका अनुसार दुई साताको अवधिमै चितुवाले स्थानीयवासीको गोठमा बाँधेका एक दर्जनभन्दा बढी बङ्गुर र बाख्रा खाइसकेको छ ।

अर्का स्थानीय कालु चौधरील भने, हामीले पालेका कुकुर समेत चितुवाले बाँकी राखेन । रात परेपछि त हामी पनि बाहिर आउन डर मान्न थालेका छौँ । चितुवा आएर गोठ पसेको थाहा पाएपनि डरले भगाउन सक्दैनौँ । बरु खाए बाख्रा नै खाओस् कम्तिमा आफ्नो ज्यान त बाँच्छ भनेर हामीले बाहिर निस्किदैनौँ ।

स्थानीय धनबहादुर चौधरीले ३५ हजार हालेर खरिद गरेको जर्सीगाई चितुवाले गोठमै छिरेर मारेको अवस्थामा फेला परेको दुखेसो पोखे । उनले भने, के गर्ने नजिक बनजंगल छ । राती आएर दुध दिने गाई समेत मारिदियो । चितुवाको डरका कारण रातिको समय गाउँका बासिन्दाले हिँडडुलसमेत बन्द गरेका छन् । “दैनिक गाउँमै छिरेर घरपालुवा जनावर मारेर खान थालेको छ”, स्थानीय अशोक चौधरीले भने, “स–साना बालबालिकालाई समेत आक्रमण गर्ने सम्भावना भएकाले निकै त्रसित भएका छौँ । गाउँमा चितुवाको त्रासले बस्न नसकिने अवस्था आउन थालेको छ ।”

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here