खोलामा पस्न थालिसके डोजर र ट्रिपर

स्याङ्जा । अध्यादेशबाट बजेट ल्याएको सरकारले चुरेबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी बिदेशी बजारमा निर्यात गर्न सक्ने कार्यक्रम राखेको भन्दै चौतर्फी बिरोध भइरहेका बेला स्याङ्जाका नदीमा डोजर र ट्रिपर कुद्न थालिसकेका छन् ।

पुतलीबजार नगरपालिका वडा नम्वर १४ लामागेमा नदी नियन्त्रण नियन्त्रणका स्टटा नदीको उत्खनन गरी ढुंगा, बालुवा रातारात निकासी हुन थालेको छ ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय स्याङजाको नदी नियन्त्रण काममा सम्झौता गरेको ठेकेदार कम्पनीले एक दुई दिन यता राती पनि नदीमा डोजर चलाएर नदीको उत्खनन गर्न थालेको छ । तर सम्बन्धित निकाय भने मौन बसेको देखिन्छ ।

नदी नियन्त्रणको काम सिंचाई डिभिजनबाट उपभोक्ताले जिम्मा लिएको हो । उपभोक्ताले काम गर्न नसकेर ठेकेदार कम्पनी हरिबसु तिवारी निर्माण सेवा कम्पनीलाई काम दिएका छन् । केही दिन यता सो कम्पनीले कामका लागि भन्दा अरु ठाउँमा ओसार्न दिनभरी र राती पनि नदीमा डोजर चलाउने गरेको छ ।

विद्यमान मापदण्डअनुसार पुलको तल माथि कम्तिमा पाँच सय मिटर भित्र मेसिनको प्रयोग गर्न नपाईने भएपनि सो कम्पनीले यसको अवज्ञा गर्दै पूल पुनिबाटै उत्खन्न गर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here