डिफानले भन्यो, चुरेमा नीतिगत भ्रष्टाचार भयो

कठमाडौँ । अध्यादेश मार्फत ल्याएको बजेटमा चुरे क्षेत्रमा खानी सञ्चालन गरी गिट्टी, ढुंगा, बालुवाको व्यापार गर्ने उद्धेश्य राखेर ल्याइएको कार्यक्रमलाई प्रजातान्त्रिक वन प्राविधिक संघ (डिफान) ले सरकारको नीतिगत भ्रष्टाचारको संज्ञा दिएको छ ।

डिफानले आफ्नो धारणा सार्वजनिक गर्दै भनेको छ, व्यापार घाटा न्यूनीकरण गर्ने नाउँमा नीतिगत भ्रष्टाचारको बिजारोपण भएको छ ।

डिफानका अध्यक्ष दामोदर शर्माद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, बजेटमा भएको व्यवस्था कार्यान्वायन भएमा चुरे विनाश हुने प्रायः निश्चित छ । केही व्यक्तिको क्षणिक आर्थिक लाभको लागि प्राकृतिक स्रोत माथिको दोहन गर्नु भनेको सरकारी अकर्णमन्यता हो र यसले मुलुकलाई वातावरणीय हिसाबले घातक हुने देखिन्छ ।

डिफानले तराई क्षेत्रमा प्राकृतिक विपत्ती झन निम्तिन सक्ने भन्दै तत्काल सो कार्यक्रम खारेज गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here