काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. दिपक खराल पशुपंक्षी मन्त्रालयमा सरुवा भएका छन् । वनमा पशुपंक्षी मन्त्रालयबाट डा.राजेन्द्र मिश्रको सरुवा भएको छ ।
पशुपंक्षी मन्त्रालयमा सरुवा भएका डा. दिपक खरालले आइतबार मन्त्रालयबाट रमाना लिने बताए । उनले नेपालकथासँग शुक्रबार बिहाना भने, आज मन्त्रालयमा एसएमटीको बैठक छ । भोली शनिबार भइहाल्यो । आइतबार रमाना लिन्छु होला ।
वन मन्त्रालयमा सरुवा भएका डा. मिश्रले नेपालकथासँग भने, आज र आइतबार मेरो निर्धारित कार्यक्रम छन् । ती कार्यक्रम सकाउन पाए हुन्थ्यो । सकभर सोमबार वनमा हाजिर हुन्छु होला, नभए आइतबार जानुपर्ला ।