डिफानले दियो आचार्यलाई बधाइ, एनएफएले दियो सरकारलाई

काठमाडौँ । यही असार १७ गते बिहीवार बसेको मन्त्रीपरिषदको बैठकले नेपाल वन प्राविधिक परिषद ऐन जारी गर्न सैद्धान्तिक सहमति दिएको भन्दै नेपाल वन प्राविधिक संघले नेपाल सरकारलाई धन्यबाद दिएको छ ।

संघका अध्यक्ष डा. किरण पौडेलद्धारा जारी गरिएको विज्ञप्तिमा सरकारलाई धन्यबाद दिएको छ भने सबै सरोकारावाला तथा वनकर्मीलाई बधाईको पात्र पनि भनेको छ । संघले विज्ञप्तिमा भनेको छ , परिषद मार्फत वन तथा वन प्राविधिकको कार्यलाई व्यवस्थित तथा मर्यादित बनाउने पहिलो कार्य हुनेछ ।

अर्कातिर प्रजातान्त्रिक वन प्राविधिक संघले बिहीबार सरकारले गरेको परिषदको सैद्धान्तिक सहमतिको निर्णयको स्वागत गरेको छ । संघका सदस्य तथा वन तथा वातावरण मन्त्रालयका बरिष्ठ सहसचिव डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा पदोन्नती गरेको भन्दै सरकारलाई धन्यबाद दिएको छ ।

संघका अध्यक्ष दामोदर शर्माद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, लामो समयदेखि उठाउँदै आएको परिषदको कानूनी संरचना निर्माणको मागलाई सम्बोधन गरेकोमा सरकारलाई आभार र सचिवमा बढुवा हुनु भएकोमा डा. कृष्णप्रसाद आचार्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here