बाघ दिवसमा देउवाको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व बाघ दिवसका अवसरमा बाघ संरक्षणका लागि प्रेरणा मिलोस भनेर शुभकामना दिएका छन् ।

प्रधानमन्त्री देउवाले नेपालको पर्यटकीय गतिविधिलाई चलायमान बनाउने वन्यजन्तु बाघको संरक्षणले नेपालको आर्थिक विकासमा टेवा पुगेको कुरा समेत व्यक्त गरेका छन् ।
बाघको बासस्थान, घाँसे मैदान, पानीका स्रोतहरुको उचित व्यवस्थापन गर्नु आजको आवश्यकता हो, प्रधानमन्त्री देउवाको सन्देशमा भनिएको छ ।

सुरक्षा प्रणालीलाई चुस्त र दुरुस्त बनाउनु, द्धन्द्ध न्यूनीकरणमा चनाखो हुनु र समुदायस्तरमा सचेतना जगाउनु नै आजका प्रमुख चुनौती हुन्, प्रधानमन्त्री देउवाको सन्देशमा भनिएको छ ।


देउवाले वन्यजन्तुको अवैध व्यापार नियन्त्रणको काममा लाग्ने सबै कर्मचारी, नेपाली सेना, स्थानीय समुदाय तथा आम सचेत नागरिकलाई धन्यबाद दिएका छन् ।

प्रधानमन्त्री देउवाको सन्देशमा भनिएको छ, बाघ संरक्षणमा महत्वपूर्ण भूमिका रहेको वन तथा वातावरण मन्त्रालय मातहतका सबै निकाय, सुरक्षा निकाय, स्थानीय समुदाय संरक्षण साझेदार संस्थाप्रति म हार्दिक आधार व्यक्त गर्न चाहान्छु ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here