आज बाघ दिवस

काठमाडौँ । आज विश्व बाघ दिवस । नेपाल लगायतका अन्य मुलुकहरुले बाघको संरक्षण गर्ने जिम्मेवारी मानव जातिको हो भन्ने नाराका साथ यो दिवस मनाइरहेका छन् ।

नेपालमा पनि बिभिन्न कार्यक्रमका साथ यो दिवस मनाउन थालिएको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा बिभिन्न कार्यक्रमहरु आयोजना हुन थालेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजना हुन थालेको बाघ संरक्षण सम्बन्धी विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कोषका सदस्य सचिव शरद अधिकारीले जानकारी दिएका छन् ।

बिहान बबरमहल स्थित वन परिसरको मूल गेट अगाडि यो वर्षको नारा समेटिएको होडिङ बोर्डको उद्घाटन गरिएको छ ।

बाघ दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षणमा सरोकार राख्ने सबैलाई अझ प्रेरणा मिलोस भनेर शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना मन्तव्यमा भनेकि छन्, प्रकृतिको सुन्दर प्राणी बाघको संरक्षणका लागि सरोकारबाला सबै निकायलाई थप काम गर्नका लागि प्रेरणा मिलोस् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here