जलवायु परिवर्तन कार्यक्रममा शासकीय सदाचार छैन

काठमाडौँ । ट्रान्सपेरेन्सी इन्टरनेनशल नेपालले हाल नेपालमा सञ्चालन भइरहेका जलवायु परिवर्तनका कार्यक्रममा शासकीय सदाचार कायम हुन नसकेको बताएको छ ।

जलवायु परिवर्तनले जताततै असर गरेको देखिएतापनि यस बारे खासै ज्ञान नभएको भन्दै जलवायु परिवर्तनले पारेका असरलाई न्यूनिकरण गर्न बजेट विनियोजन नहुने र भएको बजेटको सदुपयोग पनि हुन नसकेको बताएको छ ।

ट्रान्सपेरेन्सी इन्टरनेनशल नेपाल अन्तर्गतको जलवायुमा शासकीय सदाचार कार्यक्रमले सञ्चारकर्मीहरुसँगको छलफल कार्यक्रममा स्थानीय तहमा त जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्नका लागि खासै बजेट विनियोजन हुन नसकेको जानकारी दियो । कार्यक्रममा परियोजनाका परामर्शदाता प्रकृतिश्री अधिकारीले बिभिन्न जिल्लाका स्थानीय तहमा गरिएका अध्ययनमा यस्तो देखिएको बताइन् ।

उनले भनिन्, संघीय सरकारमा पनि यस विषयमा यथेष्ट ज्ञान र सदाचार देखिएको छैन भने प्रदेश र स्थानीय तहमा झन विकराल स्थिति छ ।

सोही कार्यक्रममा परियोजनाका बरिष्ठ अधिकृत बिनोद भट्टराईले स्थानीय तहमा जलवायु परिवर्तनले बढी असर गरेको भएपनि ती निकायमा काम गर्ने सरकारी कर्मचारी तथा जनप्रतिनिधिलाई जलवायु परिवर्तन, अनुकुलन तथा समानुकुलनका विषयमा खासै सचेतना नहुँदा स्थानीय तहमा काम हुन नसकेको बताए ।

यो परियोजनाले सन् २०१९ देखि नेपालमा जलवायु परिवर्तन अनुकुलनका विषयमा भएको काम र बजेटको सदुपयोग भए, नभएको बारे काम गर्दै आएको छ । जलवायु वित्तलाई भ्रष्टाचारजन्य क्रियाकलापलबाट जोगउन संघ, प्रदेश तथा स्थानीय तह र सबै सरोकारवालालाई सक्रिय बनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here