चिडियाखानाका वन्यजन्तुलाई टेलिकमको सहयोग

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय प्रकृति संरक्षण कोषको जावलाखेल स्थित सदर चिडियाखानामा रहेका जनावर तथा पन्छीहरुको एक वर्षसम्म आहाराको लागि आर्थिक सहयोग गर्ने भएको छ ।

सो सहयोग सम्बन्धी सम्झौता पत्रमा टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत सङ्गिता पहाडी र चिडियाखानाको तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल टेलिकमले चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि एक वर्षसम्म आहाराको व्यवस्थाका लागि रकम उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here