संसारकै उच्च स्थानमा मौसम केन्द्र स्थापना

काठमाडौँ । संसारकै उच्च स्थान सगरमाथामा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ । चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना गर्न सफलता हासिल गरेको छ ।

अमेरिकास्थित नेसनल जिओग्राफी, त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय जल तथा मौसम विभाग र नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागको संयुक्त पहलमा सगरमाथा क्षेत्रमा स्वचालित मौसम केन्द्र स्थापना गरिएको हो ।

विभागका सूचना अधिकारी रामचन्द्र अवस्थीका अनुसर हाल स्थापना गरिएको मौसमी केन्द्रलाई आठ हजार ४३० मिटरमा जडान गरिएको छ । यसलाई विश्वकै सबैभन्दा अग्लो स्थानमा राखिएको दावी गरिएको छ ।

सो केन्द्र स्थापनाका लागि १४ जना चिनियाँ वैज्ञानिकको सहभागिता रहेको बताइएको छ । ‘पृथ्वी शिखर मिसन २०२२’ का अवसरमा सो केन्द्रको स्थापना गरिएको हो ।

मौसम केन्द्रको स्थापना पछि उच्च हिमाली क्षेत्रमा हुने मौसमी गतिविधिको रेकर्ड सहजै थाहा पाउन सकिने विश्वास गरिएको छ । जलवायु परिवर्तनले हिमाली क्षेत्रलाई बढी प्रभावित पारिरहेका बेला स्थापना भएको केन्द्रले प्रवाह गर्ने सूचनाले वैज्ञानिकहरुलाई अध्ययन अनुसन्धान गर्न सहज हुने बताइएको छ ।

मानिसको सहज आवत जावत नहुने क्षेत्रहरुमा भइरहेका गतिविधि बारे जानकारी लिन र अध्ययन अनुसन्धानका लागि थप योगदान मिल्ने उद्धेश्यका साथ सो केन्द्रको स्थापना गरिएको चिनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here