वन मन्त्री हुन थालेका को हुन प्रदीप यादव ?

काठमाडौँ । जनता समाजबादी पार्टीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मान्छेलाई मन्त्रीमा सिफारिस गरेको छ ।

सो पार्टीले पर्साका प्रदीप यादव, बाँकेका इस्तिक राई र मृगेन्द्र सिंहलाई नयाँ मन्त्रीको रुपमा सिफारिस गेको छ । हाल मन्त्री पदमा भइरहेका भौतिक मन्त्री रेणु यादव, वनमन्त्री रामसहाय प्रसाद यादव र कृषि मन्त्री महेन्द्र राय यादव फिर्ता हुने भएका छन् ।

को हुन प्रदीप यादव

वन मन्त्रीका रुपमा नाम सिफारिस भएका प्रदीप यादव पर्सा निवासी हुन । उनी २०४८ सालमा राप्रपाको विद्यार्थी संगठनका नेता हुन् । राजेन्द्र लिङ्देल राप्रपाको विद्यार्थी संगठनका राष्ट्रिय अध्यक्ष हुँदा यादव पर्सा जिल्ला सचिव थिए ।

उनले राप्रपा विद्यार्थी संगठनबाट लामो समयसम्म राजनीति गरी राजा ज्ञानेन्द्रको शासन कालमा जिल्ला विकास समिति सदस्य पदमा बसेर समेत काम गरे ।

जब तराईमा मधेश आन्दोलन भयो अनि यादव तत्कालिन जनाधिकार फोरममा प्रवेश गरेका हुन् । २०६५ साल जेठ महिनामा फोरम प्रवेश गरेका यादवलाई तत्कालै जिल्ला कार्यसमितिमा मनोनित गरिएको थियो । यादव युवा वर्गमा ज्यादै लोकप्रिय भएकाले छ महिना पछि उनलाई जिल्ला उपाध्यक्ष बनाइयो ।

२०६६ सालमा आइपुग्दा त उनी जिल्ला अध्यक्ष भइसकेको थिए । संविधानसभाको निर्वाचनमा उनी एमालेका बिचारी यादवसँग ७५९ मतले पराजित भए भने २०७४ सालको निर्वाचनमा उनले संघीय समाजबादीका तर्फबाट संघीय संसदमा निर्वाचित भए ।

संसदमा प्रवेश गरेपछि वैज्ञानिक वन व्यवस्थापन अध्ययन कार्यदलका संयोजक बनेका थिए । उनकै समितिको सिफारिसमा वैज्ञानिक वन व्यवस्थापनको कार्यविधि खारेज गरिएको थियो ।


केपी ओली प्रधानमन्त्रीबाट हटिसकेपछिको शेरबहादुर देउवाको पहिलो पटकको मन्त्रीमण्डलमा यादवको नाम वन मन्त्रीमा चर्चा चलेको थियो । पछि नाम नपरेपछि वीरगञ्जमा उनको नेतृत्वमा पार्टीका बिरुद्ध आन्दोलन समेत भएको थियो । ।

दुई हप्ता अघि यादवले दुई जना सांसद सहित प्रधानमन्त्री देउवालाई भेटेका थिए । सोमबार सपथ ग्रहण हुने कार्यक्रम रहेको छ । सो सपथ ग्रहणमा यादवले वन मन्त्रीको सपथ लिने भएका छन् ।

के छ मन्त्री भएपछिको योजना ?

नेपालकथाले मन्त्री हुन थाल्दै गर्दा यादवलाई मन्त्री भएपछिको योजना बारे सोधेको थियो । नेपालकथासँग उनले भने, जब सम्म सबै कुरा बुझिदैन त तब सम्म केही भनि हाल्ने मेरो स्थिति छैन ।

तर पनि उनले आफ्ना केही योजना सुनाए । उनले भने, जनावरले मान्छे मार्दा खासै राहत दिने व्यवस्था गरेको मैले देखेकोे, सुनेको छैन, त्यसलाई व्यवस्थित गर्छु । वन माफियाले सारा वनको नोक्सानी गरिरहेका छन् । त्यसलाई कसरी रोक्ने भन्ने चिन्ता मेरो छ । मधेशमा वनजंगलको क्षेत्रफल छैन । त्यहाँ वनजंगल बढाउने कुरा मैले सोचेको छु । अनि हुलाकी राजमार्गमा वृक्षरोपण गरेर तराईलाई हरियाली बनाउनु पर्छ जस्तो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here