विश्व पानी सम्मेलनमा नेपालले शसक्त आवाज उठाउने

काठमाडौँ । झण्डै ४७ वर्ष पछि हुन थालेको दोस्रो संयुक्त राष्ट्रसंघीय पानी सम्मेलनमा नेपालले जलवायु परिवर्तन र तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा परेको कुरालाई सशक्त रुपमा उठाउने तयारी गरिरहेको छ ।

यही मार्च २२ देखि २४ तारेखसम्म अमेरिकाको न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघीय पानी सम्मेलनमा नेपालले मूख्य कार्यक्रममा जलवायु परिवर्तनले पारेको हिमाली अर्थव्यवस्थामा पारेको असर, हिउँ पग्लेपछि तल्लो तटीय क्षेत्रमा पर्न सक्ने प्रभावलाई गम्भिरताका साथ सार्वजनिक गर्ने तयारी गरेको छ ।

खानेपानी मन्त्री अब्दुल खानले नेतृत्व गर्ने नेपाली टोलीमा सिँचाई सचिव गोपालप्रसाद सिग्देल, सिँचाई विभागका महानिर्देशक शुसिलचन्द्र आचार्य, उपमहानिर्देशक सञ्जिब बराल लगायतले भाग लिने भएका छन् । नेपाली टोलीले मुख्य कार्यक्रमका अतिरिक्त सम्मेलन स्थलमा बहुपक्षीय र द्धिपक्षीय छलफल गर्ने योजना रहेको छ ।

नेपाली टोलीलाई इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्सिच्यूटले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको छ । नेपाली टोलीमा बिभिन्न दातृ निकाय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहने छ ।

टोलीका सदस्य सिँचाई विभागका उपमहानिर्देशक सञ्जिब बरालका अनुसार नेपालले यस पटक साइट इभेन्टको पनि आयोजना गर्ने भएको छ । सम्मेलनमा पानी सुरक्षामा नेपालको हालको अवस्था, चुनौतीका विषयमा नेपालले अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउने छ ।

पानीको उपलब्धता, सम्भाव्यता, उपयोगको अवस्था, क्षेत्रीय सहयोग र समन्वयको आवश्यकता तथा पानीको पहुँच विस्तार गर्न लगानीको कुरा लगायतका विषयमा नेपालले बहुपक्षीय र द्धिपक्षीय छलफल हुने उपमहानिर्देशक बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here