काठमाडौँ । वन तथा वातारण मन्त्री ऐनबहादुर शाही ठकुरीले स्थानीय बासिन्दालाई केन्द्रमा राखेर वन्यजन्तुको संरक्षणका कामहरु अगाडि बढाउनु पर्ने बताएका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वार्षिक समिक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा शुक्रबार मन्त्री ठकुरीले स्थानीय जनतालाई केन्द्रमा राखेर गरिएका संरक्षण कार्यक्रम दीगो र व्यवस्थित हुने भएकाले त्यतातर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिए ।
मन्त्री ठकुरीले संरक्षण साझेदार संस्थाको खुलेर प्रशंसा गरे । उनले भने, नेपालको जैविक विविधता संरक्षणमा साझेदारीताको अवधारणा निकै स्रहानीय छ ।
उनले भने, संरक्षण मानव जगतका लागि हो । मानिसलाई हेरेर नै संरक्षणका कार्यक्रम सञ्चालन गरिनुपर्छ । तब मात्र संरक्षणका कामले मानव समाजलाई हित गर्छ र संरक्षणको काम दीगो हुन्छ ।
मानव वन्यजन्तुबिचको द्वन्द्वको समस्या निराकरण गर्न स्थानीय समुदायलाई पनि सचेत बनाउने कार्यक्रम सञ्चालन गर्न पनि उनले विभागलाई निर्देशन दिए ।
मन्त्री ठकुरीले संरक्षण साझेदार संस्थाको खुलेर प्रशंसा गरे । उनले भने, नेपालको जैविक विविधता संरक्षणमा साझेदारीताको अवधारणा निकै स्रहानीय छ ।
मन्त्री ठकुरीले विकास र संरक्षण एकसाथ लैजाने गरी नीति निर्माणमा आफू लागेको पनि बिताए । उनले भने, मैले एक महिना यो मन्त्रालयमा बस्दा संरक्षणको मुद्धा गम्भीर रहेको पाए, अब सबै सरोकारवालाहरु मिलेर हाल देखिएका समस्या र चुनौती समाधान गर्नुपर्छ ।
देशभरीका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्रका कार्यालय प्रमुख, साझेदार संस्थाहरुको प्रतिनिधिहरुको सहभागिता रहेको समिक्षा गोष्ठी शनिबारसम्म चल्ने भएको छ ।
सो गोष्ठीले गत वर्षको कार्यप्रगतिको समिक्षा र चालु आर्थिक वर्षका कार्यक्रम तथा योजना सफल बनाउने बारे रणनीति तयार पार्ने बताइएको छ ।

































