काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले डा. सिन्धुप्रसाद ढुंगानालाई जलवायु परितर्वन व्यवस्थापन महाशाखाको जिम्मेवारी तोकेको छ । केही दिन अघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट सरुवा भएका ढुंगानालाई मन्त्रालयले सो महाशाखामा पदस्थापन गरेको हो ।
त्यसैगरी जलवायु परितर्वन व्यवस्थापन महाशाखाबाट डा. बुद्धिसागर पौडेललाई मन्त्रालयको जलाधार व्यवस्थापन महाशाखामा पदस्थापन गरिएको छ । दुबै सहसचिवले आजै पत्र बुझेर महाशाखाको जिम्मेवारी समालेका छन् ।