पाथीभरा केबुलकार बिबाद : वार्ता टोली गठन

काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबुलकार निर्माणका दौरानमा उत्पन्न भएको विवाद समाधानका लागि सरोकारवाला पक्षहरुसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । गृहमन्त्री रमेश लेखकको मन्त्रीस्तरीय निर्णयबाट वार्ता टोली गठन गरिएको हो।

गृह मन्त्रालयद्दारा जारी विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सहरी विकास मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here