पर्वत– पर्वतमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। विहीवार विहान बेनीबाट नारायणघाटतर्फ जाँदै गरेको ग १ प ६१०८ नम्बरको बस कुश्मा नगरपालिका वडा नम्बर १ मालढुंगामा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। कार्यालयका निमित्त प्रमुख रामकृष्ण गौलीका अनुसार बस सडकबाट १०० मिटर तल खसेको छ।
‘अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ’, उनले नागरिकसँग भने, ‘घाइतेलाई धौलागिरी अञ्चल अस्पताल बागलुङ लगिएको छ।’ उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन। बसमा कति सवार थिए र कति घाइते भन्ने विस्तृत विवरण आउन बाँकी छ।
सभार: नागरिक