७२१ ग्राहकको लाइन काटियो, विद्युत चोर्ने १०६ जना कारबाहीमा

काडमाठौं– नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रले ९६ लाख ९८ हजार ३ सय २५ रुपैयाँ बक्यौता विद्युत महसुल असुलेको छ । केन्द्रले चालू आर्थिक वर्षको ५ महिनामा उक्त रकम असुल उपर गरेको हो ।

लामो समयसम्म महसुल नबुझाउने ७ सय २१ ग्राहको लाइन काटी बक्यौता असुली सुरु गरेको केन्द्रले जनाएको छ । केन्द्रअन्तर्गत १ करोड ४४ हजार ९ सय रुपैयाँ बक्यौता बाँकी थियो । लाइन काटिएका ग्राहकमध्ये ६ सय ८ जनाले जरीवाना सहितको बक्यौता तिरेका छन् । बाँकी रकम बुझाउने ग्राहकको लाइन जोडिएको पनि केन्द्रले जनाएको छ । केन्द्र अन्तर्गत अभैm १ सय १३ ग्राहकको ३४ लाख ७ हजार रुपैयाँ बक्यौता बाँकी छ । हुकिङ गरेर विद्युत चोर्ने १०६ जना कारबाहीमा इटहरी वितरण केन्द्रले हुकिङ गरेर विद्युत चोरी गर्ने १ सय ६ ग्राहकलाई पक्राउ गरी कारबाही गरेको छ । केन्द्रले चालु वर्षको ५ महिनामा विद्युत चोरीमा संलग्न स्थानीयलाइ पक्राउ गरी कारबाही गरेको हो । कारबाहीमा परेका ग्राहकबाट जरिवाना स्वरूप ८ लाख ४ हजार १ सय ६२ रुपैयाँ असुली गरेको छ । विद्युत चोरीमा प्रयोग भएका उपकरण जफत गरेर कसुरअनुसार जरिवाना असुल गरिएको केन्द्रले जनाएको छ । प्राधिकरणको विद्युत चोरी नियन्त्रण अभियानका क्रममा प्रहरी सहितको संयुक्त गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेर कारबाही गरेको छ । केन्द्रले गत साउनदेखि विद्युत चुहावट घटाएर ७.९१ प्रतिशतमा झारेको छ । साउनमा त्यहाँको चुहावट १३.७९ प्रतिशत थियो ।

साभार् उर्जा खबर

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here