बारा को बिध्वङ्स (फोटो अपडेट)

काठमाडौं : आइतबार आएको हुरीबतासले बारा र पर्सा क्षेत्रमा व्यापक क्षति पुर्याएको छ ।

गृह मन्त्रालयले बारा–पर्सामा गएरातिको भीषण हावाहुरीमा ज्यान गुमाउनेको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले सुरक्षा संयन्त्रले उपलब्ध गराएको सूची सोमबार गृहमन्त्रालयले सार्वजनिक गरेको हो ।

हुरी बतासमा परी गम्भिर घाइते भएका ७ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याई शिक्षण अस्पताल, महाराजगंजमा उपचार सुरु गरिएको छ । गृह प्रवक्ता सुवेदीले सो घटनामा परी घाइते भएका ३ सय ७५ जनाको बारा र पर्सास्थित विभिन्न ७ वटा अस्पतालमा उपचार भईरहेको पनि जानकारी दिए ।

सरकारले सो घटनाको राहत तथा उद्दारका लागि सुरक्षा निकायका ४ वटै अंगहरु परिचालन गरिएको पनि जनाएको छ । प्रवक्ता सुवेदीले उनीहरुको राहतका लागि तत्काल काठमाडौंबाट सशष्त्र प्रहरी बलको ३ वटा ट्रकमा आवश्यक सामान पठाइएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here