डोटी राजाको दरवार पुर्ननिर्माण हुने

१५ औ शताब्दीमा निर्माण गरिएको तत्कालिन डोटी राजाको दरवार पुर्ननिर्माणका लागि भग्नावेशका रुपमा रहेको दरवारको उत्खनन कार्यको शुरुवात गरिने भएको छ ।
दिपायल सिलगढी नगरपालिकाको पहलमा दरवार संरक्षणको लागि पुरातत्व बिभागको एक टोलीले स्थलगत अध्यायन गरि सकेको छ । बाइसे चौबिसे राज्य भएको समयमा डोटेली राजाले राजकाज चलाउनका लागि निर्माण गरिएको दरवार नेपालको राष्ट्रिय स्तरको सम्पदाको रुपमा सुचिकृत भएको छ ।
दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीका अनुसार सुदूरपश्चिम प्रदेशकै ऐतिहासिक संग्रहालयका रुपमा स्थापित गर्न उत्खनन् तथा भौतिक संरचना पुननिर्माणको पहल गरिएको हो । मेयर मलासीले भन्नुभयो – “तत्काल १५ लाख रुपियॉ नगरपालिकाबाट बिनियोजन गरिएको छ । बिस्तृत अध्ययन प्रतिवेदन भईसकेपछि बांकी आबश्यक बजेट बिनियोजन गरिने छ । यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न दरवार उत्खनन् तथा संरक्षणको प्रयास गरिएको हो ।”
डोटी गौणाको केन्द«, साबिकको संरचनामा सुदुरपश्चिम बिकास क्षेत्रको क्षेत्रीय सदरमुकाम भए पनि दिपायलमा रहेको यस दरवारको संरक्षणमा कसैको चासो गएको थिएन । डोटी दरवार झण्डै १५औं शताब्दीतिर निर्माण भएको अनुमान गरिएको छ । दुईवटा दरवार साथमा भैरव मंदिर रहेको छ । दरवारमा प्रयोग भएका काठ तथा छानो छाउन प्रयोग भएका ढुंगाहरु, स्लेट लगायतका बस्तुहरु चोरी भईसकेका छन् । सेती नदीको किनारको डा“डामा रहेको दरवारवाट दिपायलबजार, एयरपोर्टबजार, पिपल्ला, राजपुर , सिलगढी, लगायतका क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । ११ फिट भन्दा लामा ढुंगालाई आकर्षक ढंगले काटेर दरवार निर्माण गरिएको भग्नावशेषमा रहेको पर्खालमा देख्न सकिन्छ ।
पुरातत्व बिभागका अधिकृत बिष्णु पाठक नेतृत्वको टोलीले दरवार भग्नावशेषको स्थलगत निरिक्षण गरी कार्य अगाढी बढाईएको छ । पुरातत्व बिभागका अधिकृत पाठकले भन्नु भयो –“तत्कालिन रुपमा दिपायल सिलगढी नगरपालिकाले छुट्याईएको बजेटका आधारमा उत्खननको काम गर्छौ र बाकि भौतिक संरचना निर्माणको लागी आबश्यक सिफारिस गर्छौ ।”

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here