धनगढी । कैलालीको कैलारी गाउँपालिकास्थित गाउँसभाका सदस्यहरुले आफ्नो सेवा सुविधा कम भएकाले बढाउन माग गर्नु भएको छ ।
गाउँसभाको तेस्रो विधेयक अधिवेशनको चौथो बैठकमा उहाँहरुले सेवा सुविधा बढाउन माग गर्नु भएको हो । आफूहरुले पाउने सेवा सुविधा अत्यन्त थोरै भएकाले तत्काल तलब वृद्धि गर्नुपर्ने माग उहाँहरुको छ । गाउँसभा सदस्यले मासिक पाँच हजार रुपियाँ तलब पाउने गर्नु भएको छ ।
सदस्यहरुले कम्तिमा मासिक १५ हजार रुपियाँ पाउनु पर्ने माग राखेका छन् ।