प्रहरीको मिलेमतोमा यातायातमा कालोबजारी

दार्चुला । दार्चुला जिल्लामा स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा जीप ब्यवसायीहरुले तेब्बर भाडा असुल गरिरहेका छन् ।
सरकारी नियम र जिल्ला भाडा दर निर्धारण समितिको निर्णय भन्दा दोब्बर भाडा असुली हुँदा समेत प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख जस्ता निकाय मौन बस्नुले ती निकायमा बस्ने अधिकारीको मिलेमतो भएको स्थानीय किरण धामीले बताउनुभयो ।
जिल्लाको खलंगादेखि दल्लेख, सुण्डुमुण्डु, खार, होपरीगाड, मार्मा, हिकिला लगायत खलंगादेखि सबै क्षेत्रहरुमा यात्रुहरुबाट दोब्बर, तेब्बर भाडा असुली भइरहेको छ ।
प्रहरी प्रशासनले भने भाडा बृद्धि र मनोमानि भाडा असुलीको बिषयमा अनौपचारिक गुनासाहरु आएपनि लिखित रुपमा जनस्तरबाट उजुरी आउन नसक्दा समस्या भएको बताउँदै आएको छ । खासगरी जिप व्यवसायीहरुले प्रहरीले पछाडीको सिट हटाएपछि दोब्बर, तेब्बर भाडा असुल्ने गरेको पनि प्रहरी प्रशासनलाई थाहा नभएको पनि होइन ।
पाँच सिटको मात्रै अनुमति र बिमा गराएर सञ्चालन भएका जिपहरुले पछाडी राखेर यात्रु बोक्न नपाउने भन्दै प्रहरीले सिट हटाएको थियो । प्रहरीले सिट हटाएर पनि यात्रुहरुले गन्तब्यमा पुग्नुपर्ने बाध्यताका कारण बढी भाडा तिर्दै सिट निकालेको पछाडीको भागमा उभिएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता यहाँका बासिन्दालाई छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here