लेकम जोड्ने सडकको काम सुरु

दार्चुला । जिल्लाको विकासका लागि महत्वपूर्ण मानिएको लेकम गाउँपालिका जोड्ने ऐरिछाना —रिठाचौपाता — धनथला सडकको निमार्ण कार्य बल्ल सुरु भएको छ । प्रादेशिक महत्वको यो सडक खण्डमा गाउँपालिकाको समन्वयमा काम सुचारु भएको हो ।
लेकम गाउँपालिकाको विकासको प्रमुख आधारका रुपमा हेरिएको सडक खण्ड निमार्ण कार्यले बिगत बर्षदेखि नै गति लिन नसकेको भन्दै स्थानीयमा निराशा छाएको बेला सडक निर्माण सुरु भएको हो ।
झण्डै चार बर्ष पहिले महाकाली लोकमार्ग अन्तरगत गोकुलेश्वर दार्चुला सडक खण्डको पनेबाजबाट ऐरिछाना —रिठाचौपाता — धनथला सडकको नामले खडक स्विकृत भएर ट्रयाक खुलाउँने काम शुरु भएको थियो । आर्थिक बर्ष २०७२÷०७३ सम्म पनेबाजबाट बोहोरीगाउँको देथलासम्म करिब दुई किलोमिटर मात्रै ट्रयाक खुलाइएको थियो । आर्थिक बर्ष २०७३÷०७४ मा उक्त सडकको लेकम गाउँपालिकाको सिमाना नजिक गुरुसे खोलासम्म ट्रयाक खुलाइएको निर्माण व्यवसायी जयबहादुर पालले बताउनुभयो ।
लेकम गाउँपालिका उपाध्यक्ष माधबी जोशीले भन्नुभयो, गाउँपालिकाले पाँच करोड रुपियाँ बजेट बिनियोजन गरेर गोकुलेश्वर लाली सडक निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here