गोब्रे च्याउको माग धान्नै मुस्किल

धनगढी । कैलालीमा उत्पादिन गोब्रे च्याउको माग निकै बढ्न थालेपछि किसानले आपूर्ति गर्न भ्याइ नभ्याई हुन थालेको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडामा रहेको ओम केदार च्याउ तथा तरकारी फर्मले व्यावसायिक रुपमा च्याउ उत्पादन र प्रशोधन गर्दै आएको छ ।
गोब्रे र कन्ये दुवै च्याउ उत्पादन गर्दै आएको फर्मले गोब्रे च्याउको माग धान्नै मुस्किल भएको फर्मका प्रबन्धक राजु पुनमगरले जानकारी दिनुभयो । मगरले भन्नुभयो, ‘हामीले माग अनुसार च्याउ पु¥याउनै सकेका छैनौँ । दिनप्रतिदिन माग बढ्दो छ । त्यो अनुसार हामीले उत्पादन गर्न सकिरहेका छैनौँ ।
ओम केदार च्याउ तथा तरकारी फर्मले माघ महिनामा कम्तिमा गोब्रे २० टन र कन्ये ३० टन गरी ५० टन च्याउ उत्पादन गर्ने लक्ष्य राखेको छ । माघको दोस्रो सातासम्म दुवै च्याउ गरेर ६० क्वीन्टल बजारमा बिक्री भइसकेको जनाइएको छ ।


यहाँ उत्पादन भइरहेको च्याउ कैलालीको धनगढी, अत्तरिया बजारसहित पहाडी जिल्ला डडेल्धुरा, दार्चला, बैतडी, डोटीसम्म पुगिरहेको छ । गोब्रे च्याउ थोकमा प्रतिकिलो २५० रुपियाँ, खुद्रामा तीन सय रुपियाँ र कन्ये प्रति किलो १२० रुपियाँमा बिक्री गरिरहेको प्रबन्धक गमरले जानकारी दिनुभयो । यो मौसममा मात्र करिब ६० लाख रुपियाँ बराबरको च्याउ कारोबार गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here