५९ करोडको मुद्दामा ८० लाख मात्र धरौटी माग

काठमाडौं : मध्यपश्चिमको बहुचर्चित सिक्टा आयोजनाका तत्कालीन प्रमुख इन्जिनियर सरोज पण्डितसँग ८० लाख धरौटी माग भएको छ।  पण्डितले धरौटी बुझाउने तयारी गरिरहेका छन्।  

विशेष अदालतमा आइतबार हाजिर भएका पण्डितसँग तारिखमा राख्ने प्रयोजनका लागि धरौटी मागिएको हो।  पण्डित बैंकलाई जमानत राखेर तारिखमा बस्ने तयारीमा छन्।  

सिक्टा आयोजनामा दुई अर्ब १३ करोड भ्रष्टाचार भएको अभियोगसहित पूर्वमन्त्री विक्रम पाण्डेसँगै पण्डितलाई पनि प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको छ।  पण्डितले ५९ करोड ३४ लाख ५२ हजार हिनामिना गरेको आरोप छ।

आयोजनामा भ्रष्टाचार भएको आरोपमा मन्त्री पाण्डेसहित २१ विरुद्ध मुद्दा दायर भएको छ।  आयोजनामा कमसल सामाग्री प्रयोग गरी आयोजनालाई अलपत्र बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनपछि मुद्दा चलाएको हो।

यसैबीच, पोलिमर नोट प्रकरणमा भ्रष्टाचार मुद्दा चलाइएका राष्ट्रबैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्र पौड्‍यालसँग नौ लाख रुपैयाँ धरौटी माग भएको छ। पौड्‍यालले पनि धरौटी राख्ने प्रयोजनका लागि कागजपत्र मिलाउने तयारी गरिरहेका छन्।  

पौड्याल पनि अदालतको म्याद पूर्जी अनुरुप आइतबार अदालत हाजिर भएका थिए।  
 साभार् अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here