बूढानीलकण्ठ नगरपालिकाको घरआँगनमा विकास निर्माणका काम

बूढानीलकण्ठ, माघ १४ गते । बूढानीलकण्ठ नगरपालिकाको तल्लोपासीकोट, च्यासिलडोल, खत्रीगाउँ लगायत बासिन्दा यतिबेला आफ्नो घरआँगनमा विकास निर्माणका काम भइरहेको भन्दै सहभागितामूलक विकासमा जुटेका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नं ६ को ती क्षेत्रमा ढल व्यवस्थापनको काम सम्पन्न भएको छ ।
नगरपालिकाका अनुसार ढल निकासका लागिमात्र त्यस क्षेत्रमा एक करोड रुपियाँ खर्च गरिएको छ । नागेश्वर, वरपिपलचोक च्याखुन्डोल लगातका स्थानमा सो ढल व्यवस्थापनले जोडेको छ । यो विकास निर्माणले वडा नं ६ को साँध वडा नं ४ का वासिन्दा पनि लाभान्वित भएको बूढानीलकण्ठ नगरपालिकाको वडा नं. ६ ले जनाएको छ ।
वडा नं ६ का वडाध्यक्ष नविन केसीका अनुसार खड्का गाउँमा ज्येष्ठ नागरिकलाई आपसमा भलाकुसारी गर्न पार्क पनि निर्माण गरिएको छ । पार्क पुग्ने वासुकी मार्गमा कालोपत्रे गरिएको छ । सिर्जनसिल वस्ती र नगरकोटीवस्तीमा ढुङ्गा बिछ्याउने कार्य पनि सम्पन्न भएको छ । खत्री गाउँमा भने बाटो निर्माणका क्रममा ग्राभेलिङ् कार्य भइरहेको छ ।
च्यासिन्डोल, सरस्वती मन्दिरको भिरालो बाटोमा वटुवा नचिप्लने प्रकारले बाटो ढलाइ गरिएको छ । वासकी मार्गमा सवै सडक कालोपत्रे गरिएको छ । सवै मूलसडक र भित्रि सडकमा सौर्य वत्ती जडान गरिएको छ । वडाध्यक्ष केसीका अनुसार दुई करोड रुपियाँको थप बजेटमा वडाका अन्य विकास योजना अगाडि बढाइने छ ।
वडाकार्यालयले ज्येष्ठ नागरिकप्रति सद्भाव व्यक्त गर्ने वातावरण पनि बनाएको छ । यसैबीच ८४ जेष्ठ नागरिकको सम्मान गर्दै यसलाइ निरन्तरता दिँदै जाने निर्णय समेत गरिएको छ । एससीसी परीक्षामा उत्कृष्ठ ३५ वडावासीले पनि सम्मान पाएका छन् भने अपाङ्गता भएकालाई वडाध्यक्षकै पारिश्रमिक प्रदान गरेर राहत प्रदान गरिएको जनाएको छ ।
वडामा सामाजिक सुरक्षाका कामलाई पनि अगाडि बढाइको छ । टुहुरा बालबालिकालाई नगर सहायता कोष स्थापना गरेर सहायता प्रदान गरिएको छ । स्थानीय केशव नगरकोटीका अनुसार निर्वाचनयता वडाले भौतिक विकास तथा सामाजिक सद्भावको अनुभव गरेको बताउँदै वडाका सवै भागमा सौर्य वत्ती जडान होस् भन्ने माग गरिएको छ । अध्यक्ष केसी नव आगुन्तकहरूको चाप बढ्न गएकोले पनि पूर्वाधार विकासमा अझै केही वर्ष ध्यान दिनु पर्ने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here